अनमोलको फिल्ममा किन दोहोरिंदैनन् हिरोइन ?

काठमाडौं, ६ फागुन । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् ।

अनमोलले चलचित्र ‘ए मेरो हजुर ३’मा सुहाना थापासँग काम गरेका थिए । उनै सुहानासँग अनमोलले ‘ए मेरो हजुर ४’मा काम गरे । नायिका दोहोर्‍याएर काम नगर्ने अनमोलको योजना नै हो त ?

यो विषयमा उनी भन्छन्, ‘यसलाई संयोग मात्र मान्नुपर्छ । किनकि, मैले कुनै पनि चलचित्रमा नायिका नयाँ नै हुनुपर्छ भन्ने सोचेर काम गदिनँ । यदि कुनै चलचित्रमा मेरो कुनै नायिकासँग केमेस्ट्री जमेको छ भने दोहोर्‍याएर काम गर्न मलाई समस्या छैन ।’

उनले अभिनेत्री सुहाना थापासँग आफ्नो जोडी दर्शकले मन पराएको भाव व्यक्त गरेका छन् । अनमोलले साइन गरेको नयाँ चलचित्र ‘हनी बनी’मा पनि नयाँ नायिका नै हुने निर्माणपक्षले बताएको छ । हुन त, अनमोलले सातवटा चलचित्रमा नयाँ नायिका हुनुलाई संयोग मात्र भनेका छन् ।

Loading...