प्रचण्ड र माधवकुमार नेपालको ‘गाईजात्रा’ , संविधान र व्यवस्थाकै खिल्ली उडायो : कमल थापा

फागुन ६,  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ ।

उहाले एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको हो  ।

सत्ताको मोह पनि नछाडे र  सडकमा ढुङ्गामुढा तथा टायर बाल्ने  भन्दै  दाहाल नेपाललाइ  दोहोरो चरित्र बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्र सरकारमा अहिले सरकारमा भएतापनि  एमसीसीको विरोधमा बुधबार बानेश्वरमा दुवै दलका युवा तथा बिद्यार्थी संगठनका कर्येकर्ता  सडकमा उत्रेका थिए  । अन्य दलका शीर्ष नेताले मात्र नभएर जनस्तरबाट पनि नेपाल र दाहालको दोहोरो चरित्रको चर्को आलोचना भइरहेको छ ।

Loading...