गठबन्धन तिर इसारा, बाबुराम भटराईको ट्वीट ‘ भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाए सबै भोकै ’

 ६ फागुन, काठमाडौँ  । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन दलमा देखाएको वर्तमान परिस्थिति तिर  इसारा गर्दै  भत्कन लागेको संकेत गरेका छन् । उनले एमसिसिको बिषयमा  गठबन्धनभित्र सृजना भएको  मतभेदका कारण सम्बन्ध नै धरापमा रहेको भन्दै व्यंगात्मक   ट्वीट गरेका छन् ।

उनले  लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन्!तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन्! बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएछन् र सबै भोकै हिंडेछन्!

Loading...