सर्वोच्चको फुलकोर्ट बैठक आज बस्दै

 फागुन ६,काठमाडौँ  । सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दै छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार   शुक्रबार आज  दिउँसो फुलकोर्ट बैठक बस्न लागेको हो  ।
 आज बस्ने फुलकोर्ट बैठक नियमित बैठक भएको उहाको भनाइ छ  ।   यसअघि बुधबार नियमित फुलकोर्ट बैठक बस्दै आएकोमा थियो   ।
आज बस्ने फुलकोर्ट बैठकमा न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा छलफल हुने छ  ।
गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बन्नुभएको छ ।

Loading...