राजेश र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

काठमाडौ, ६ फागुन । महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२ लाख भिउज पाउदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान कब्जा गर्न सफल भएको हो ।

सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीतको भिडियोमा गीति कथामा बुनिएको छ । जिबी आग्रीको कथा, पटकथा एवं निर्देशन रहेको भिडियोमा छायांकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ ।

आकर्षक शैलीमा निर्माण भएको भिडियो प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत कलाकारको समेत अभिनय देख्न सकिन्छ । राजेश र निरुताले १२ बर्षपछि यो भिडियोमा एकसाथ काम गरेका हुन् ।

Loading...