प्रमोद र मिलनको स्वरमा ‘किन शंका गर्छौ’को युगल भर्सन

 

काठमाडौं, ६ फागुन । प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ ।

प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन् । शिवदर्शक फिल्मस प्रालिको प्रस्तुति रहेको भिडियोकी निर्माता गायत्री थापा हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।

Loading...