पर्दामा फिट देखिन १० केजी घटिन् आँचल

काठमाडौं, ६ फागुन । अभिनेत्री आँचल शर्मालाई प्रत्यक्ष भेट्ने उनका फ्यानहरु त्यतिबेला छक्क पर्छन्, जतिबेला उनी पर्दामा भन्दा बाहिर सानी देखिन्छिन् । आँचललाई पनि यो कुरा खड्किएको थियो ।

यसैले उनी अहिले पर्दाकै लागि फिट देखिन तौल घटाइरहेकी छन् । ‘ओहो, तपाईं त मज्जाले घट्नुभएछ है’ भनेर कसैले भन्यो भने आँचल मख्ख पर्छिन् ।

आँचल ६५ केजीकी थिइन् । तर उनले अहिले आफ्नो तौल घटाएर ५५ केजी बनाइसकेकी छन् । आँचलका अनुसार अझै उनी ५ केजी घट्नेछिन् । ‘४७ केजी भएपछि ठिक्क हुन्छु,’ उनले भनिन् ।

आँचलले यो मिहिनेत नयाँ चलचित्र ‘वर एण्ड वधु’का लागि गरेको बताइन् । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको छायांकन यही फागुन अन्तिमबाट सुरु हुनेछ ।

आँचलका अनुसार उनी भारतको एक प्रतिष्ठित टेलिभिजन अवार्डमा पनि सहभागी हुने तयारीमा छिन् । उनले ठट्यौली शैलीमा भनिन्, ‘म उक्त अवार्डका लागि उत्साहित छु । हेरौं, फिट देखेर कुनै मेकरको आँखा लागिहाल्छ कि रु’

Loading...