विमला निरौलाका एकैसाथ दुई कृतिको लोकार्पण

काठमाडौं । अमेरिका निवासी कवि बिमला निरौलाको मुक्तकसङ्ग्रह “काव्य पराग” र कवितासङ्ग्रह “ओथारो बसेका सपनाहरु”को लोकार्पण सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पित दुबै कृतिहरु वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरु रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरि, प्रा.डा. खगेन्द्र लुइटेल, अनेसासकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सदस्य रेणुका थापा र अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले सयुक्त रुपमा लोकार्पण गरेका थिए ।

लोकार्पित दुबै कृतिका बारे साहित्यकार दामोदर पुडासैनी र डा. शान्तिमाया गिरिले आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष सन्ध्या पहाडी, साहित्यकारहरु राधेश्याम लेकाली, रामकुमार पाण्डे, प्रा. डा. खगेन्द्र लुइटेल र वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी अनेसास नेपालकी कार्यसमिति सदस्य उपाध्यक्षहरु गीता मैनाली र राजेन्द्र के. सी. ले पनि मन्तव्य राखेका थिए भने लोकार्पित कृतिबाट अनेसास पुरस्कार समितिकी सदस्य दीपा राई पुन (अमेरिका) र सुमन बर्षाले एकएक ओटा कविता वाचन गरेका थिए ।

रन्जना निरौलाले सन्चालन गरेको यस कार्यक्रममा डा. गार्गी शर्मा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, कवि कृष्ण प्रसाई, सीता विष्ट कार्की, एनआरएनए भाषा, साहित्य, संस्कृति संरक्षण तथा सम्पदा प्रवर्धन समितिका उपाध्यक्ष महेश्वर पन्त (बोस्टन), राजु सिटौला (कोलोराडो), गीता कार्की, रुकु कार्की, फणिन्द्र निरौला, मधु पाठक, विमला तुम्खेवा, राजेश खनाल आदिको उपस्थिति रहेको थियो । उक्त दुवै कृतिको सम्पादन तथा आवरण लगायत मुद्रण कार्य साहित्यकार एवं सम्पादक अनेसासका आजीवन सदस्य रमेश दाहालले गरेका हुन् ।

Loading...