९/१० हजार तिरेमा स्वाब नलिई दुई घण्टामै पिसिआर रिपोर्ट दिने’गरेको तथ्य बाहिरियो , चिकित्सक नै संलग्न

माघ २१,काठमाडौँ –  बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर  रिपोर्ट  निगेटिभ लिन स्वाब नै नलिइ  ९/१० हजार तिरेमा दुई घण्टामै  रिपोर्ट दिने’गरेको तथ्य बाहिरिएको छ ।  महानगरीय अपराध महाशाखाले  बुधबार  भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका प्रबन्धक प्रसन्न कुमार झा,  कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टान,  नागेन्द्र यादव , माधव मैनालीलाइ  नक्कली पिसिआर बनाएको आरोपमा पक्राउ गरेपछी  हो  । 

वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल हेल्थ डेस्कले नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगायो । रिपोर्ट नेगेटिभ भए पनि त्यसमा प्रयोग भएको ‘छाप र हस्ताक्षर’ शङ्कास्पद देखिएको थियो ।

वैशाखमै पीसीआर रिपोर्टमाथि शङ्का लागेका १२२ जनालाई विदेश जानबाट रोकी विमानस्थलबाटै फर्काइएको थियो । त्यस्तै, काठमाडौँबाट नेगेटिभ पीसीआर रिपोर्ट लिएर हङकङ पुगेका तीन नेपालीको पुनः परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो । गत पुस १४ गते भएको उक्त घटनापछि हङकङले नेपालको पीसीआर परीक्षण रिपोर्टमाथि नै प्रश्न उठायो ।

यी दुई नमुना घटनाको प्रकृति ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ । विदेश जानका लागि नक्कली पीसीआर रिपोर्ट तयार पार्ने र पोजेटिभ देखिए पनि नेगेटिभ बनाउने । यस कार्यमा ठूलो गरोहकै संलग्नता रहेको तथ्य सावर्जनिक
भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई कारबाही गर्न आफ्ना कर्मचारीलाई ‘विदेश जानका लागि’ भन्दै पीसीआर परीक्षण गर्न विभिन्न अस्पतालको ल्याबमा पठाई अनुसन्धान सुरु गरेको थियो ।

महाशाखाले गरेको अनुसन्धान अनुसार यस कार्यमा चिकित्सकै संलग्नता देखिएको छ । कोभिड–१९ महामारीको सुरक्षा तथा स्वास्थ्य संवेदनशील जस्तो विषयलाई ‘लुट’ को अवसर बनाउनेविरुद्धको कारबाही निरन्तर जारी राख्ने महाशाखा प्रमुख वसन्त  कुँवरले बताउनुभयो ।

यस्ता ल्याबले स्वाब नै नलिई तथा स्वाबबाट पोजेटिभ देखिए पनि सिटिभ्यालु तलमाथि पारी नेगेटिभ रिपोर्ट निकाल्ने र क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने सक्कली जस्तै पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।

 नागरिक कम्युनिटी अस्पतालको पिसिआर ल्याव   सञ्चालक  भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरु फरार रहेका छन्  । 

 

Loading...