आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

माघ २१ ,काठमाडौँ  । नेपाल आयेल निगमले पेट्रोलियम पर्दार्थमा मुल्य वृद्दि गरेपछि  वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार  हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको छ ।  नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको छ ।

  नयाँ  भाडादर कायम गरिए अनुसार अब  काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ भने सबैभन्दा कम काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको संघले जनाएको छ । काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले थप भएको  छ । हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ ।

Loading...