बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुने , पानी र हिमपातको सम्भावना

माघ १८,काठमाडौँ –   बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली हुनुकासाथै  पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले  भाेलि रातिदेखि  देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो ।

महाशाखाले आज विशेष बुलेटिन निकालेर भाेलि रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।  

  यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आउँदाे आइतवारदेखि क्रमिक रूपमा मौसममा  सुधार हुने बिभागले जनाएको छ  ।

Loading...