प्रतिनिधिसभाको बैठक फेरी स¥यो काठमाडौं ।

माघ ,काठमाडौँ –  आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सार्नुभएको हो ।

त्यस्तै राष्ट्रियसभाको बैठक सोमबार दिउँसोको लागि बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन्। यसअघि गत माघ २ गते अर्को सूचना नआउन्जेललाई बैठक स्थगित गरिएको थियो ।

संघीय संसदको महासचिव डा। भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा भनिएको छ,‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १स्०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

Loading...