‘यो माया’ बोलको गीत सार्वजनिक

काठमाडौं, १५ माघ । निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।

रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ ।

Loading...