मङ्सिर ८ ,काठमाडौँ – तीनै तहको आगामी निर्वाचन एकैपटक गर्नेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु सम्मिलित बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्बन्धमा छलफल भएको हो ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा यसमा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावहरुबारे धारणा व्यक्त गर्नुभयो ।बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डले निर्वाचन आयोगसँग छलफल गर्ने विषयमा छलफल भएको बुझिएको छ ।