६ सय नहुँदा पत्रकार एलबी विश्वकर्माको उपचार नगर्ने सिभिल अस्पताललाई कारबाहीको माग,क्रिया खर्च टिभी टुडेले बेहोर्ने

मङ्सिर ८ ,काठमाडौँ –     टिभी पत्रका  एलबी विश्वकर्मासँग ६ सय नहुँनाको कारणले वेड नदिने र उपचारै नगरेको भन्दै  काठमाडौँको   बानेस्वर स्थित  सिभिल अस्पताललाई कारवाहीको माग गरको छ  । श्रमजीवी पत्रकार संघ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरबाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको हो ।   संघका अध्क्षय जन्मदेव जैसीको पहलमा  शुक्रबार  गएको तोलिले  व्यक्तिको ज्यानै जाने गरी लापरबाही गर्ने अस्पतालको सम्बन्धित विभागका कर्मचारीलाई प्रकृयागत कारवाही गराउन सिभिल अस्पताल व्यवस्थापनसँग जोडदार माग गरेको छ  । 

उपचार नगरी अासियु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानविनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए नेपाल पत्रकार महासंघ काे तर्फबाट गेटमा धर्नादिने चेतावनी  संघले  दिएको  छ  ।  अस्पतालका निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले आइतवार श्रमजीवी-पत्रकार संघ नेपाल, हस्पिटलकाे व्यवस्थापन पक्ष र पीडित पक्षबीचकाे त्रिपक्षीय बैठकबाट ठाेस गर्दै न्यायका लागि पहल गर्ने बताए  । 

यसै गरि रकम अभावमा उपचार नपाएर मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको क्रिया खर्च बापत टिभी टुडेले रु. २१ हजार दिएको छ । श्रमजीवी पत्रकार संघ नेपालको पहलमा शुक्रबार विश्वकर्माको क्रियाको लागी उक्त रकम हस्तान्तरण गरेको हो । 

संघका अध्यक्ष जन्मदेव जैशीले दिएको जानकारी अनुसार टिभी व्यवस्थापनले विश्वकर्मालाई यसअघि दिनुपर्ने पारिश्रमिक दिई सकेको पाइए पनि सामाजिक सुरक्षा कोष लागू गरेको छैन । उक्त कोष तत्काल लागू गर्नुपर्ने, मृतक पत्रकारको आफन्तलाई राहत दिनुपर्ने र मृतकको छोरालाई पढाइ खर्च दिनु पर्ने लगायतका माग राखेर संघको टोली शुक्रबार टिभीको कार्यालयमा पुगेको थियो । 

टिभी व्यवस्थापनले पत्रकार विश्वकर्माको छोराको पढाइ खर्च बापत लाग्ने रकम मृतककी श्रीमतीको खातामा जम्मा गरिदिने र सामाजिक सुरक्षा कोष र न्यूनतम पारिश्रमिक लगायत ऐनमा तोकिएको सेवा तथा सुविधा दिलाउने प्रतिवद्धता जाहेर गरेको छ । 

 

 

Loading...