सजिलो टेक्सी सेवा इ- क्यापको सुभारम्भ

मङ्सिर ८,काठमाडौँ –  यात्रु हरुको सुरक्षा र आवश्यकतालाइ ध्यानमा राखी सहज र सुफत मुल्यमा ट्याक्सी सेवा संचालन गर्न इ-क्याबले सेवा शुभारम्भ  गरेको छ   ।   गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो शुक्रबार यो सेवाको एक कार्येक्रम बीच सुभारम्भ गर्नु भएको हो  ।  

योसेवा नेपालकै पहिलो क्यु आर कोड ( QR code ) सहितको एप् हो भने सेवा ग्रहिले डिजिटल भुक्तानी वा सोझैँ  नगद भुक्तानी गर्न सकिने गरि ब्यबस्था गरिएको छ  । युरोप तथा अमेरिका लगाएत  विभिन्न देशहरुमा संचालन गरिएको डिजिटल प्रविधि बात संचलन हुदै आएको योसेवा बेलायतमा बसोबास गर्दै आएका नेपाली गैर आवासीय युवा समुहको अग्रसरतामा संचालनमा आएको छ  । 

पासवर्ड सहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ , जुन सहज र सुरक्षित्  छ  ।  सुरक्षाका लागि यात्रा सुरु गर्नु अगाडी Ride verification code निश्चित गर्नु पर्ने हुछ   । नया प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहा र कुन बाटोमा यात्रा गर्दै छ ,साथी र परिवारले एम एम एस वा इमेलबात तत्काल जानकारी प्राप्त गर्न सकिने छ  ।

नया टेक्सी सेवाले आफ्नो स्वइच्याको भडा दरको सेवा लिन सकिने भएका कारण ठगिने बात जोगिने र समान छुट्ने हराउने या दुर्घटना भएको अवस्थामा समेत सुरक्षित् भएको इ – क्याब नेपालका अध्क्षय दिपक श्रेष्ठ बताउछन ।  ‘ हामि विदेशमा बसेता पनि उता हामीले सिकेका प्रविधि र कमाइलाइ आफ्नै देशमा खर्च / लगानी गरि रोजगार सृजना गर्ने  चाहना भए बमिजिम यो सेवालाइ नाफा मुखी भन्दा सेवा मुखीको रुपमा लिएर आएका छौ   ’ अध्क्षय श्रेष्ठको भनाइ छ।

Loading...