प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा पिसिआर परीक्षण गरिने

पुस २९,काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि को स्वास्थ्य भने अवस्था सामान्य रहेको छ । छोरी गंगा दाहालले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘ बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डाक्टरको सल्लाह अनुसार अबको दुई दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा बस्नुहुनेछ ‘ ।

डाक्टरको सल्लाहअनुसार प्रचण्डको अबको दुई दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा उनको भनाइ छ ।

प्रचण्डसहित माओवादीका केन्द्रका शीर्ष नेताहरूलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...