त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा संक्रमण

अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिन सरकारको निर्देशन –

पुस २९,काठमाडौं ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मि नै धेरै संख्यामा संक्रमित भएपछि अस्पताल दिदै आएको सेवा समेतमा प्रभावित हुन गएको छ ।

अस्पतालका अनुसार मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति नपुग हुँदा बिरामीले पाउनु पर्ने  स्वास्थ्य सेवामा  प्रभाव परेको छ ।

अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिन सरकारको निर्देशन –

यसै गरि सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मीर कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने केन्द्रले जनाएको छ ।

Loading...