स्वस्थ मापदण्डका बीच स्वस्थानी माधव नारायण शालीनदी मेला हुने

पुस २८,काठमाडौँ –

शाखुमा प्रत्यक बर्ष मनाइने ,माधव नारायण मेलाको तैयारी पुराभएको छ । माघ ३ गते बात प्रारम्भ हुने मेला कोरना महामारीलाइ मध्ये नजर गरि स्वस्थ मापदण्ड पुरा गरि मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले  तैयारी थालेको छ  ।     
समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले समितिले आज  पत्रकार सम्मेलन गरि मेला ब्यबस्थापनमा भक्त्जनलाइ  स्वास्थ मापदण्ड पूर्ण पालना गराउने गरि  सम्पूर्ण तैयारी पुरा भएको बारे जानकारी दिए ।

 भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेको उनले सुनाए । उनीहरुले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराइ बस सञ्चालन हुने जनाइएको छ ।

व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सबैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने जनाइएको छ । व्रतालुहरुको लागि समितिले व्रत शुरु हुनुभन्दा केही अगाडिदेखि नै व्रतालुहरुको लागि बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको जनाएको छ । व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा व्रतालुहरुलाई आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको छ । साथै बाटोमा हिँड्नको लागि आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्वक्र्यु, नेपाल रेडक्रस सोसाईटी साँखु शाखा, स्वयमसेवकहरु र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा आवश्यक बन्दोवस्तीका सामानसहित स्वयमसेवकहरु परिचालन गरिने जनाएको छ । 

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष  एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला लाग्छने गर्दा छ  । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।