दीपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्दै भिटेन

काठमाडौं, २८ पुस । चर्चित र्‍यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो ।

दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हुन् ।

निर्देशक खनालले चलचित्रको नाम ‘रत्नपार्क’ भने नभएको बताए । उनले भने, ‘मैले र भिटेनले चलचित्र साइन गरिसकेका छौं । तर, यो चलचित्रको नाम रत्नपार्क भने होइन ।’

भिटेनले यसअघि बुढासुब्बाकै ब्यानरमा बन्ने चलचित्र ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका थिए । चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहेका छन् ।

निर्मात्री शर्मिला पाण्डेसँग निरन्तर काम गरेका दीपेन्द्रले अब नयाँ निर्मातासँग सहकार्य गर्न लागेका छन् ।

Loading...