मृगौला पिडित रुद्रका लागि अमेरिकामा जुटाइयो आर्थिक सहयोग

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाँउपालिका एक मृगौला रोगबाट पीडितका लागि अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । सिस्ने गाउँपालिका वार्ड नं. ४ का रुद्र बहादुर बि.क.को उपचारार्थ अमेरिकामा बस्दै आएका लोकबहादुर केसीको पहलमा आर्थिक सहयोग जुटेको हो ।

महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका रुद्रका लागि लोकबहादुर केसीको पहलमा उठाइएको सहयोग रकम आजै हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण रुद्रको उपचारमा समस्या आएको खबर बाहिर आएपछि अमेरिका बस्ने नेपालीहरुले उनका लागि आर्थिक सहयोग उठाएका थिए । उपचारका लागि पठाइएको जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग रकम आजै हस्तान्तरण गरिएको छ । रुद्र विगत १ महिनादेखि दुवै मृगौलामा समस्यादेखा परेपछि उपचारका लागि काठमाडौँ आएका छन् ।

रुद्रको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरु लोकबहादुर केसी रु ११९१८, गणेश कुसारी रु ५९००, हरि खत्री रु ११८००, मनबहादुर कुसारी रु ५९००, गोरख कुसारी रु ५९००, मनराज देबकोटा रु ६०१८, बिजय कुमार खत्री रु ६४९०, बालाराम कुसारी रु २४७८, सुनिल केसी रु ५९००, सुमन शिखर कुसारी रु ६०१८, दिपक देबकोटा रु ५९००, सुबास गौतम रु ५९००, किसोर कुसारी रु ६०१८, इस्ट्रङ्गल कुसारी रु २४७८, रोहित कुसारी रु ४८३८, डिबि कुसारी रु द्दघटण्, निम भारति रु २९५०, मिलन कुसारी रु ३०६८, बलबहादुर खनाल रु २९५०, चेतन श्रेष्ठ रु २९५०, रिपिस कुसारी रु २३६०, शारदा केसी रु ५९००, कबिता शर्मा रु ६४९०, प्रकाश ओली रु २३६०, देब खत्री रु ५९००, बिर्ख खत्री रु ६०१८, युबराज के सी रु ५९००, मोहन केसी रु ११८००, जीवन बिसि रु ५९००, मिलन ओलि रु २३६०, मोहन कुसारी रु २९५० र शिशिर बस्नेतले रु ५९०० गरि जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग संकलन गरेका थिए ।

रुद्रको हाल दुवै मृगौलामा पानी जमेको र उक्त पानी निकाल्ने काम भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपचारारत उनलाई शनिबार कोरोना संक्रमण भएपछि कोभिड वार्डमा भर्ना गरिएको छ । शिक्षण अस्पतालले उनलाई अप्रेशनको लागि पुस २६ गते समय दिएको थियो तर अबस्था जटिल भएपछि उनी पहिला नै अस्पताल पुगेका थिए ।

Loading...