क्रिकेटर करण पुलिसमा आबद्ध

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी. नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

२६ पुसमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध भएका हुन् । हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगायतका खेलाडी अनुबन्ध छन् ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी-२० फर्म्याटमा हुन लागेको छ ।

नेपाली टिमले ओमानमा हुने आईसीसी टी-ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी-२० फर्म्याटमा गरेको हो ।

Loading...