निर्मला–नन्कुन्नी घटना ः आन्दोलनरत पक्ष र सरकारबीच सहमति

पुस २१ , काठमाडौं – विगत ४२ दिनदेखि काठमाडौंको माइतीघरमा रुबी खानको नेतृत्वमा भइरहेको अनसन स्थगित भएको छ। नेपालगन्जबाट आएको आन्दोलनरत पक्ष र गृहमन्त्रालयबीच हिजो ४ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो। नेपालगन्जको परस्पुरकी निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै खानसहितको टोलीले चिसो भुईमा दोश्रो चरणको आन्दोलन अन्तरगत ४२ दिनसम्मको कष्टप्रद अनशन स्थगित गरेको हो।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर हिजो बेलुकी आमरण अनसन तोडेकी हुन्। सरकारसँग भएको सहमतिलगायतका विषयमा जानकारी दिन आज बिहान १० बजे अनशनस्थल माइतीघरमा आन्दोलनरत पक्षले पत्रकार सम्मेलन गरेको छ।

Loading...