बाक्लो हुस्सु कारण हवाई उडान प्रभावित

पुष १६,काठमाडौँ। बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने सबै उडान प्रवित भएको छ।

मौसम बदलि भइ उपत्यकामा भिजिबिलिटी निकै कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान भर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ। मौसममा सुधार आएर हुस्सु नहटे सम्म कुनै पनि उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ ।

काठमाडौँको आकासमा बाक्लो हुस्सु रहेकैकारण बाहिरबाट आएका अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेको तर ल्याड गर्न नसकेको पनि विमास्थल कार्यालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको जनाएको छ ।
पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल र भारतको उत्तरि क्षेत्र आसपासमा रहेको पनि विभागले जनाएको छ ।

Loading...