निगम सुधार उन्मुख , बाइडवडी नियेमित उडान पछी न्यारोवडी छिटै उडाउने तैयारी

पुष १५,काठमाडौँ। नेपाल वायु सेवा निगमको बाइडवडी विमानले नियेमित उडान सुरु गरेको छ। २८ डिसेम्बर २०२१ मा काठमाडौं–नारिता  नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिए पछी रोकिएको थियो ।  श्रीलंकाबाट आवश्यक पार्टपूर्जा भित्र्याई निगमकै दक्ष इन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाई सोही विमानबाट हाल काठमाडौं –दिल्ली नियमित उडान समेत गरि सकिएको निगमले जनाएको छ ।

यसै गरि निगमको अर्को न्यारोवडी A320 विमान 9N-AKW छिटै नियेमित उडान गरि सेवामा फर्काउने तैयारीमा रहेको  छ। २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहा RA-237 नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ्ग गर्ने क्रममा विमानको एउटा इन्जिनमा प्राविधिक समस्या देखिए पछी उडान रोकिएको यो जहाजको वायाँ तर्फको इन्जिनमा Internal Defectपहिचान गरि इन्जिनलाई Replace गरि Repair गरि यथासक्दो छिटो उडानयोग्य (Airworthy)अवस्थामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाईएको निगमले जनाएको छ ।

Loading...