कोरोना भाइरसको प्रकोप बढेपछि मुम्बईमा सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध

कोरोना भाइरसको प्रकोप भारतको प्रमुख सहर मुम्बईमा पछिल्लो समय बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा गएको केही हप्तामा सङ्क्रमितको संख्या बढेको हो । त्यहास्थित सरकारले कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध लगाइएको बताइएको छ ।

मुम्बई भारतको आर्थिक कारोबार हिसाबले राजधानी मानिने ठूलो सहरमा नयाँ वर्षलाइ लक्षित् गरि गरिने कार्यक्रमको आयोजले झन् संक्रमण बढ्ने आशंका गरि सतर्कता अपनाई सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको छ । राति कर्फ्यू नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।

यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढेका पाइएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएको स्थानिय संचारमाध्यमहरुले जनाएको छ । 

 

 

Loading...