नेभरमाइन्ड रेष्ट्रोले नायक पल शाहलाई बोलाएर मनायो वार्षिकी

काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो बर्ष पुरा गरी आजबाट दोश्रो बर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्रोले आज एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाहको उपस्थितिमा दोस्रो बार्षिक उत्सव मनाएको छ।

कार्यक्रममा बाजुराका स्थानिय जनप्रतिनिधीहरु लगायत ठुलो संख्यामा ग्राहकहरुको उपस्थिति रहेको थियो । करिब एक करोड लगानीमा संचालनमा आएको रेष्ट्रोले छोटो समयमा नै महामारीको ठुलो उतारचढाबलाई झेल्दै यहाँ सम्म आउन सफल भएको रेस्ट्रोको संचालक रमा कुमारी शाहीले बताइन् ।

सस्तो मुल्यमा फाइभस्टारको सर्भिस दिने उदेश्यले रेष्ट्रुरेन्ट खोलिएको दाबी गर्दै शाहीले भनिन्,’ फाइभस्टार होटलको झझल्को दिने उदेश्यले हामीले ३ सय भन्दा माथिको ग्राहकलाई एकैसाथ सर्भिस दिन सक्ने गरी रेष्ट्रोमा भिआइपि क्याबिन, फेमेली क्याबिन, मीटिंग हल, बार लगायतको ब्यवस्था गरेका छौ।’

सस्तो मुल्यमा गुणस्तरीय नेपाली, इन्डियन, चइनिज, कन्टिनेन्टल तथा डेलिसियस खाना उपलब्ध रहेको शाहीले कार्यक्रममा जानकारी दिईन।साथै उनले कालिजको मासु खाने पारखीहरुलाई लक्षित गरेर कालिजका विभिन्न भेराइटीहरू उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइन्।

अन्य रेस्टृरेन्टको तुलनामा नेभरमाइन्ड अलि फरक रहेको दाबी गर्दै शाहीले भनिन्,’ ’हाम्रो रेष्ट्रोमा जुनसुकै वर्ग, जुनसुकै लेवल र जुनसुकै क्षेत्रबाट आएको भए पनि हामीले उहाहरुको रोजाइ अनुसारको भिआइपि वाताबरणमा सर्भिस दिन सक्छौ ।’ कार्यक्रममा संचालक शाहीले आगामी दिनमा नेभरमाइन्ड रेष्ट्रुो काठमाडौं उपत्यका लगायत काठमाडौं बाहिर पनि खोल्ने योजना बनाई रहेको बताइन्।

Loading...