निर्वाचनमा खटिएका म्यादी प्रहरीसहित चार जना कर्मचारीको मृत्यु

काठमाडाैं, १४ मंसिर । चुनावको क्रममा हालसम्म चार जना कर्मचारीको मृत्यु भइसकेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अनिवार्य विमा भएकाले उनीहरुका परिवारले २० लाख क्षतिपूर्ति पाउने भएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका शिक्षक गौतम गत आइतवारको निर्वाचन पश्चात् घर फर्किने क्रममा बाटैमा मृत भेटिएका थिए ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका २ छोसेरस्थित दिव्यदीप मावि मतदानस्थलमा खटिएका कार्यालय सहयोगी लेखनाथ निउरेको जोमसोम फर्कने क्रममा विरामी भएपछि उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

आयोगका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा भएको विस्फोटमा परि गम्भीर घाईते २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको गएराती निधन भएको छ । संखुवासभा मादी नगरपालिका ८ मावादिनका मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको गत मंसिर ८ गते निधन भएको छ ।

Loading...