नेपाली मौलिक उत्पादन प्रवर्धन गर्न वायुसेवा निगमले थाल्यो भेनियर सेल्स काउण्टर

मङ्सिर २४ ,काठमाडौँ। नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टर (Souvenir Sales Counter) को स्थापना गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच आइतबार समुद्घाटन गर्नुभयो । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर ९क्यगखभलष्च क्बभिक ऋयगलतभच० निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सँेभेनियर सेल्स काउण्टरको स्थापना गरिएको छ ।
नेपाली कच्चा पदार्थ बा“स, घा“स आदिबाट बनेका ढक्की, व्यालेट, पर्सकासाथै कप, टि–म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने र विमानका नमूना जस्ता सामानहरु सेल्स काउण्टरमा उपलव्ध हुनेछन् ।

Loading...