मन्त्र मुक्त हुन सक्छ, नेपालभाषा म्युजिक भिडियो ‘ धाये मफुत ’ हेरेपछि

मङ्सिर , २३,काठमाडौँ – नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो   ‘ धाये मफुत ’  सार्वोजनिक  भएको  छ । अस्मिता परियार र प्रिज्वल नेपालीको स्वरमा रहेको यो म्युजिक भिडीयोमा शव्द रचना दिपक नेपाली , बावुल गिरीको संगीत रहेको म्युजिक भिडियो ‘ धाय मफुत ’ आज एक कार्येक्रमका बीच सार्वोजनिक भएको हो। युवा पुस्तामा देखिने प्रेम प्रसंगलाइ  गीत र संगीतको संयोजन गरिएको निकै रमाइलो म्युजिक भिडीयोमा  निर्माता दिनेश दर्शनधारी र यशोदा राई रहेको एस म्युजिक भिडियोमा माईकल चन्दले निर्देशन गरेको छ।

किर्तिपुर नगरपालिकाका मेयर सुनिल महर्जन प्रमुख अतिथिको रुपमा उपस्थित थिए l महर्जनले गीत, रचना ,संगीत र भिडियो निकै राम्रो बनेकोमा प्रसंसा गर्नु भयो l यसै गरि नेपाली चलचित्रका ठुल्दाइका रुपमा परिचित वरिस्ठ चलचित्र कलाकार शिव श्रेष्ठले म्युजिक भिडियो हेरिसकेपछि आफु पनि यस किसिमको म्युजिक भिडियोमा भूमिका निर्वाह गर्न इच्क्षा जागेको बताउनु भयो | 

       

कलाकारहरुमा देलविश दर्शनधारी, राज रोहन तुम्बाहाम्फे, प्रथम कार्की, उषा उप्रेती, कविता नेपाली, स्मातिका ढकालको निकै रमाइलो भुमिकामा रहेको छ ।

( तल भिडियोमा क्लिक गर्नु होला  ) 

Loading...