प्रजातन्त्रको परिभाषा अमेरिकी आँखाबाट निर्धारण हुँदैन

डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजनागरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्रविश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् ।संसारमा प्रजातन्त्रको एउटा मात्र सार्वभौम उत्तर पाउन सकिदैन । शक्तिकोआडमा गरिने प्रजातन्त्रको परिभाषा र व्यवहारमा लागु भइरहेको परिभाषा फरक छ ।राजनीतिक दर्शन र राजनीतिक अभ्यासमा हुने प्रजातन्त्र फरक छ । यसबारे लामोसमयदेखि बहस हुँदे आएको छ । प्लेटोको काल होस् वा एरिस्टोटलको काल होस्अथवा नेपालमा पञ्चायती प्रजातन्त्रदेखि अहिलेसम्म प्रजातन्त्रकै विषयमा बहसभइरहेका छन् । पाश्चात्य दर्शन वा पूर्विय दर्शन सबैतिर यसको आ–आफ्नैपरिभाषा पाइन्छन । अहिले पनि विभिन्न किसिमका प्रजातन्त्र र मानवअधिकारकामानकहरु छन् । फ्रान्सेली राज्य क्रान्तिले समानता, भातृत्व रस्वतन्त्रताको अवधारणा ल्यायो । त्यसैगरी अमेरिकी स्वतन्त्रता संग्रामलेजनताका नैसर्गिक अधिकारमा जोड दियो । मान्छे भन्दा ठूलो अरु केही पनि हुँदैनभन्नेकुरा त्यसबाट आयो ।

अर्थतन्त्रको विकास, सामाजिक अभ्यासको विकास रप्रविधिको विकासले गर्दा विश्वलाई हेर्ने बुझ्ने र व्यवहार गर्ने फरक–फरकदृष्टिकोण आए । फ्रान्सेली राज्य क्रान्ति पछाडि समाजमा एउटा नयाँ चेतनाछिर्यो । त्यसपछि समाजवादी धाराको विकास भयो । समाजवादी धारामाप्रजातन्त्रले लेख्ने, बोल्ने मात्र नभई समान रुपमा बाँच्न पाउने अधिकार के होभन्ने बहस सिर्जना गर्यो । पुँजीको वितरणका पुँजीको विकाससँगै खाना, मानवअधिकार र प्रजातन्त्रलाई पनि जोडियो । केही मानिसको हातमा मात्र पुँजीहुने र अरु सबै चिच्याउनु पर्ने स्थिति के मानवअधिकार हो ?प्रजातन्त्र हो ? भनि प्रश्नहरु उठ्न थाले । त्यसपछि समाजवादी धारा पनि दुई भागमा विभाजितभयो । एउटा धारा उदार समाजवादी धाराका रुपमा आयो । अर्कोतिर राज्यकोदायित्व सबै जनताप्रति हुनुपर्छ, राज्य व्यवस्थापक मात्र नभइकन अभिभावक पनिहो भन्ने बहस सुरु भयो । मानव केन्द्रित चिन्तन हुनुपर्दछ भन्ने साम्यवादीविचारधारा विश्वमै सुरु भयो । सन् १९१७ देखि यो बहस व्यवहारिक रुपमा आयो ।पहिले सोभियत रुसमा त्यसको प्रयोग भयो र संसारभरी कान्तिकारी विचारधाराकोविकास भयो ।

सन् दोश्रोविश्वयुद्दपछि नै अमेरिका मानवअधिकार र प्रजातन्त्रको सर्टिफिकेट दिनेदेश बनेको छ । कुन देशमा प्रजातन्त्र छ? कुन देशमा प्रजातन्त्र छैन ?भन्नेकुराको प्रमाण पत्र अमेरिकाले नै वितरण गरिरहेको छ । अहिलेको समयमा शक्तिलेनै मानवअधिकार र प्रजातन्त्रको परिभाषा गर्दछ । उदार प्रजातन्त्रवादी धाराकमजोर बन्दै गयो । पुँजी र प्रविधि कब्जा गरेपछि अनुदारवादीशक्ति राजनीतिमा अगाडिआए । उनीहरुले कर्पोरेट प्रजातन्त्रका रूपमा देखा परे । ग्लोबलाइजेशन, लिवरलाइजेशन र प्राइभेटाइजेशन भन्ने नयाँ धारा आयो । ३०० वर्ष पहिले भारतमा मुगल शासन बाबरकोकालमा विश्वको पहिलो आर्थिक शक्ति चीन थियो, दोस्रो शक्ति भारत थियो ।त्यसपछिको अवधिमा शक्ति युरोपमा केन्द्रित भयो । युरोपमा दार्शनिक, आर्थिकराजनीतिक, सांस्कृतिक आन्दोलनहरु भए । पछि आक्रामक पुँजीवादीहरुको हातमाकेही ठूला देशको राजनीति गयो । पिहलोविश्वयुद्द पछि त फासिवादको जगजगी आयो ।

यसपटक यही डिसेम्वर ९ र १० का दिन विश्व प्रजातन्त्र समिट हुँदैछ ।समिटमा विश्वका ११० देशलाई निम्ता गरिएको छ । निम्ता गरिएका सहभागीदेशहरुलाई हेर्दा यो अमेरिकन परिभाषा भित्रको सम्मेलन हो । यस सम्मेलनमा तीदेशहरु जो अमेरिकाको रणनीतिक साझेदार छन् र आउँदा दिनहरुमा हुन सक्नेस्थितिमा छन्, तीनलाई मात्र बोलाइएको छ । उनीहरुभन्दा अरु कसैलाई पनिबोलाइएको छैन । इराक, भारत, फिलिपिन्स, इजरायल जस्ता देशहरु निम्त्याईएकाछन् । यद्यपि ती देशमा प्रजातन्त्रको स्तर अत्यन्त कमजोर छ । बंगलादेश रश्रीलंकालाई पनि निम्तो गरिएको छैन । तर, पाकिस्तानलाई निम्तो गरिएको छ ।यसबाट स्पष्ट हुन्छ कि अमेरिकाको आँखा र स्ट्यान्डार्डमा पर्न सक्नेसम्भावना र अमेरिकासँग रणनीतिक साझेदारी गर्न तयार हुने देशहरुलाई मात्रनिम्ता गरिएको छ । अमेरिकासँग साझेदारी गर्न नसक्ने देशहरुलाई यस सम्मेलनमानिम्ता छैन । भारतलाई यो सम्मेलनमा सहभागी हुन निम्तो गरिएकोमा भारतीयमूलका अमेरिकीहरु र अमेरिकी प्रजातन्त्र प्रेमीहरुले विरोध जनाएका छन् ।भारतको आन्तरिक प्रजातन्त्र अत्यन्त न्यूनस्तरमा रहेको भन्दै उनीहरुले योसमिटमा भारतलाई निम्ता गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले भारतमाघृणाको राजनीति फैलाइएकोले यो देश प्रजातन्त्रको मानकमा जान सक्दैन भनेरदावी गरेका छन् ।

अमेरिकाले प्रजातन्त्रका लागि आफ्ना ३ वटा मापदण्ड निर्धारण गरेको छ ।अमेरिकन परिभाषा र अमेरिकासँग सहकार्य गर्ने सत्ता, भ्रष्टाचार विरुद्धकोउसको अवस्था र मानवअधिकारको रक्षाको अवस्था । तर, महत्वपूर्ण कुरो के छ भनेअमेरिकाले इजरायललाई हरेक कोणबाट सहयोग गरिरहेको छ । अमेरिकामा रहेकाप्रवासीहरु प्रतिको व्यवहार, त्यहाँका आप्रवासी र कालाजातीप्रतिको घृणाकोराजनीतिले अमेरिकाको प्रजातन्त्र र मानव अधिकार छताछुल्ल हुन्छ ।प्रजातन्त्रको बारेमा अमेरिकाको जुन व्याख्या छ, त्यो केवल शक्तिको परिभाषाहो भन्ने यी उदाहरणले पुष्टि गर्छन ।

अहिले विश्वमा शक्तिहरु एकबाट अर्कोतिर गइरहेको देखिन्छ । आगामी समयमाविश्वशक्ति एक ठाउँमा मात्र हुनसक्ने सम्भावना देखिदैन । यसअघि जुनबहुध्रुवीय समाज थियो, त्यो १९९० पछि एक ठाउँमा आयो । त्यसपछि अमेरिकनथिंकट्यांकहरुले यसलाई दुईवटा कोणबाट लिए । ती सबै थिंकट्यांकहरु अमेरिकीसत्ताका नजिकका थिए । स्यामुअल पी हेमिङटनले भने, अबको संसारको जुन अन्तरविरोधहो, लडाई हो, क्राईसेस अफ सिभिलाईजेसन हो, त्यो सभ्यताबीचको टकराहट हो ।त्यो विचारको टकराव होइन, शक्तिको टकराव होइन । अरु विषय गौण हुन । १९९० मैफ्रान्सिस फुकोयामा, जो अमेरिकी सरकारका बुद्धिजीवी हुन्, ले ईन्ड दहिस्ट्री एण्ड द लास्ट म्यान भन्ने पुस्तक लेखे ।

पछिल्लो समय विश्वको नम्बर एक अर्थतन्त्रको रुपमा चीन उदाएको छ । विश्वआर्थिक शक्तिको पहिलो नम्बर चीन हो भनेर स्वयम अमेरिकी विशेषज्ञहरुले भनेकाछन् । अमेरिकी विदेश मन्त्रालय पेन्टागनका पूर्वकर्मचारीले लेखेका छन्, “सफ्टवेरको पावरमा जुन विकास चीनले गरिरहेको छ, त्यसले सामरिक हतियारदेखिलिएर अन्य क्षेत्रलाई पनि प्रभाव पार्छ र यसले अमेरिकालाई पनि उछिन्दैछ ।”

यसका साथै विश्वको एक शक्ति चीनको यो तीब्र विकासलाई कसरी रोक्ने भनेरसोचिरहेको छ । त्यही एजेण्डामा विश्वभर छलफल चलाइरहेको छ । चिनिया अयातमा अमिरकाले पहिलेको ५प्रतिशत भन्सार दर अहिले बढाएर ३५ प्रतिशत पुयाइएको छ । यी सबै कुरालेविश्वमा एउटा मात्र शक्ति अब रहेन भन्ने कुरा स्पष्ट पारेको छ । आफ्नोशक्ति विस्तार गर्ने, नयाँ एलायन्स अर्थात गुटहरुको निर्माण गर्नुपर्नेअवस्था आउँछ । इन्डो प्यासिफिक स्ट्राटेजी, एमसीसी त्यसकै एक उदाहरण हो ।इन्डो प्यासिफिक र एमसीसी जस्ता परियोजनालाई अमेरिकाले संसारलाई नियन्त्रणगर्ने उपकरणका रुपमा लिएको छ । अहिले त युद्धका लागि उत्तेजित गर्ने कामहरुभइरहेका छन् ।

चाईना एण्ड पावर च्याप्टर अफ द हिस्ट्री इन्टरकोर्स विथ द भन्ने एउटाकिताव छ । यो किताव सन् १९०२ मा प्रकाशित भएको थियो । यो किताव जम्मा १५०प्रति मात्र प्रकाशित गरिएको थियो । अमेरिकीहरुको सुरक्षायन्त्रको लागिअथवा सुरक्षा निकायको लागि । त्यो कितावमा चीन महाशक्ति बन्ने लक्ष्यका साथअघि बढेको छ भन्ने उल्लेख गरिएको छ । जबकि त्यतिवेला चीनलाई साम्राज्यवादीदेशहरुले ५ टुक्रामा विभाजन गरेका थिए । यो पुस्तक लेखिएका बेला रसियनक्रान्ति पनि सम्पन्न भएको थिएन । चीनमा कोमिन्ताङ पार्टी नै जन्मेको थिएन, चिनियाँ कम्युनिस्ट पार्टी त धेरै पछि जन्मियो । यसरी आजभन्दा एक शताब्दीपहिले १९०२ मै एलेण्ड आयरल्याण्डले चीन महाशक्ति बन्न सक्छ भन्ने कितावलेखेका थिए ।

यसबाट भन्न सकिन्छ कि आजभन्दा ११९ वर्ष पहिले नै अमेरिकनहरुले चीनकोबारेमा प्रेडिक्सन गरिसकेका थिए । तर, त्यतिबेलादेखि नै अमेरिकाले चीनलाईरोक्न आफ्ना सहयोगी देश अर्थात नजिकका पार्टनरहरु खोज्न थालेको हो । त्यसपछिनै अमेरिकाले अष्टेलिया, जापान, दक्षिण कोरिया, भारत, फिलिपिन्सलाई राखेरक्वाड बनायो । कुनै हालतमा पनि आफ्नो हेजोमोनी कायम गर्न लागेको छ । मानवियसम्वेदनालाई रक्षा गर्नुभन्दा पनि सुरक्षा संयन्त्रलाई मजबुत बनाउनअमेरिका लागेको छ । चीनलाई एउटा डरका रुपमा प्रस्तुत गरेर त्यसका विरुद्धसंसारभर घृणा फैलाउन अमेरिका लागेको छ । कतै जातिका नाममा, कतै धर्मकानाममा, कतै भाषा र मानवअधिकारका नाममा, कतै संस्कृतिका नाममा अमेरिकालेअरुका विरुद्ध नकारात्मकता फैलाउन अभियान छेडेको छ । अरुका विरुद्ध कसरीआवेग तयार गर्ने भन्ने ढंगबाट प्रयासहरु भइरहेको छ । उदाहरणका लागिक्वाडलाई लिन सकिन्छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अहिले फेल भएको छ। यो समिटमा हंगेरी, टर्की जस्ता देशलाई बोलाईएको छैन । यसले देखाउँछ किअमेरिकासँगका पुराना सम्बन्धहरु केही देशले तोडिरहेका छन् । अमेरिकाकोरणनैतिक साझेदार फ्रान्सले धेरै ठूलो संख्यामा जहाज अष्ट्रेलियालाईबेच्नुपर्ने थियो, तर अमेरिकाकै दवावका कारण त्यो सम्झौता रद्द भयो । त्योसामान्य घटना थिएन । अमेरिका र फ्रान्सको मित्रतामा ठूलो धक्का थियो ।फ्रान्स र जर्मन अब अमेरिकाको हेजेमोनीमा रहन नसक्ने संकेत दिइरहेका छन् ।त्यसैले हरेक उत्तेजना र आवेगलाई सम्बोधन गर्न अमेरिकालाई नयाँ पार्टनरहरुचाहिएको छ । त्यसका लागि अमेरिका अहिले प्रजातन्त्र र अप्रजातन्त्रकोनामबाट नयाँ गुटहरुको निर्माण गरी गरिरहेको छ ।

तिमी जहाँ लड्दैछौं युद्धका लागि चाहिने खजना र सिपाही त्यही तयार पारभन्ने अमेरिकी रणनीति हो । अमेरिका जहाँ पनि युद्धका चरित्र अनुसार नै अघिबढिरहेको छ । उसले इराक युद्धमा पनि त्यहाँका राष्ट्रपति सद्दाम हुसेनविरुद्ध नक्कली तर्कहरु पेस गर्यो । त्यहाँ मिडियालाई प्रयोग गरियो, त्यसपछि अरबी–अरबीहरुबीच लडाई लडाईयो । पछि इराकमै सिया र सुन्नीर कुर्दका बीचयुद्ध लडाईयो । त्यसैले अमेरिकाको रणनीति नै युद्ध लड्नु भन्दा पहिले नैत्यहाँ द्वन्द्व सिर्जना गराउने, त्यो देशका आफुलाई सहयोग गर्ने शक्तिलाईपकेटमा राख्ने । रामायणमा जसरी रावणका विरुद्ध उनकै भाइ विभिषणलाई लडाईयो ।बालीका विरुद्ध सुगृवलाई लडाइयो । त्यसरी नै अमेरिकाले प्रयास गरिरहेको छ ।ओपन सोसाईटी फाउन्डेसन नामक आइएनजिओ, जो आफुलाई प्रजातन्त्रको रक्षक भन्छ, त्यसले आफु मार्फत अरुलाई लडाउनको लागि वातावरण तयार गर्छ । अहिले चीन रभारतवीच मणीपूर, दोक्लाम र लद्दाखमा जुन द्वन्द्व भइरहेको छ, त्यो भारतभर्सेज चीनको मात्र होइन । भारतको रणनीतिक साझेदार चीन भैसकेपछि योस्थितिको विकास भएको हो । १९६२ को चीन भारत युद्धपछि यस्ता लडाईहरु भएकैथिएनन् । यी सबैको पछाडीको एउटै उद्देश्य भनेको, ‘मेरो लडाइँ पनि अरुले नैलडिदेओस भन्ने हो ।’

नेपाल दुईवटा ठूला देश, ठूला अर्थतन्त्र भएका छिमेकीको बीचमा छ । हाम्रोदेश बन्दरगाहसँग जोडिएको छैन । यहाँ धेरै ठूला युरेनियमका खानी पनि छैनन ।तर, पनि किन नेपालको महत्व छ त ? यो दुई ठूला देशहरुबीच रहेको भूगोल हो ।हिमालयन क्षेत्रमा यति सम्वेदनसील भूगोल पश्चिमाहरुका लागि अन्त कतै छैन ।नेपालको चीन र भारतजस्ता उदाउदा महाशक्तिसँग सीमा जोडिएको छ । चीनको सीमा१४ वटा देशसँग जोडिएको छ । सीमा जोडिने देशमध्ये सबैभन्दा सम्बेदनसिल भूगोलभएको देश नेपाल हो । भुटान भारतीय रक्षा क्षेत्र भित्रै छ । त्यसलाईस्वतन्त्र भन्न सकिन्न । दोक्लम भूटानी क्षेत्र हो । तर, त्यहाँ चीनसँगद्वन्द्व भयो । नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो । विगतमा नेपालले खम्पाविद्रोह व्यहोरीसकेको छ । अहिले पनि यहाँ धर्मका नाममा भइरहेका गोप्यगतिविधिहरु, आइएनजीओका नाममा भइरहेका गतिविधिहरु, नेपाल र यहाँकोमानवअधिकारको लागि मात्र भइरहेको छैन ।

त्यसैले नेपाली जनताले वा समग्र राज्यसत्ताले सोच्ने भनेको हाम्रो विदेशनीतिको आधारमा हो । हाम्रो प्रतिवद्धता भनेको असंलग्न परराष्ट्र नीति हो ।सबै छिमेकी र विश्वका सबै राष्ट्रहरु हाम्रा मित्र हुन । कोही पनि दुश्मनछैनन् । त्यसैले हामीलाई शान्तिसँग बस्न देउ भन्नुपर्छ । हामीलाई शान्तिसँगविकास गर्न देउ, चीनको पनि होइन, भारतको पनि होइन, कसैको पनि दलालको रुपमासिर्जना नगरिदेउ भन्नुपर्छ । असंलग्नता नै हाम्रो परराष्ट्र नीति हो । हामीहाम्रो भूभागहरुमा चीन विरोधी गतिविधी र भारत विरोधी गतिविधी गर्नदिनुहुँदैन । दुई वटा वयस्क हात्ति लड्दाखेरी आखिर तोरीबारी मात्रै नासहुन्छ । हामी यस विषयमा सचेत, सजग र सम्बेदनशिल रहनुपर्छ । अन्तराष्ट्रियरुपमा पनि हामी कुनै गुटमा छैनौं भनेर अपिल गर्नुपर्छ । न क्वाड, न नेटो, नएमसीसी कुनै पनि रणनीतिक गुटमा नेपाल हुनुहुन्न । कुनै विशुद्ध विकासकोपरियोजना छन् भने त्यसमा सम्लग्न हुनु ठीक छ । तर, रणनीतिक गुटमा कहिल्यैसम्लग्न हुनुहुन्न । असलग्नताको सिद्धान्तलाई हामी मन, वचन र कर्मले पूरागर्नुपर्छ । यो सन्देश दियो भने हाम्रो सार्वभौम सत्ता, राजनीति, संस्कृतिर पहिचान मजबुत रहन सक्छ । तर, हामी एउटाको पक्षमा लाग्यौ भने नेपाल युद्धक्षेत्रमा बदलिन सक्छ । संसारका धेरै देश अहिले पनि अन्तराष्ट्रिय युद्धअभ्यास र भिडन्तको थलो बनेका छन् । अफगानिस्तान, लेवनान, सुडान त्यहीभइरहेका छन् । यी विषयलाई सार्क जस्ता द्विपक्षीय सहयोगका फोरमहरुमा यीविषयमा छलफल गर्नुपर्छ । असंलग्नताको सिद्धान्तलाई फेरी पनि मन, वचन रकर्मले पूरा गर्नुपर्छ । हामीले यो डेमोक्रेसी समिटमा यही सन्देश दिनु उचितहुन्छ ।

Loading...