सर्वोच्चमा गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास

मङ्सिर १५,काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ ।
नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।
गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिनमा न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा न्यायिक विचलनमा परेका लगाएतका आरोप लगाउदै कात्तिक ८ गते देखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता भएपछी इजलासमा फर्किंदै छन् ।

 

Loading...