मङ्सिर १९ देखि बाघ सर्वेक्षण सुरु हुने

मङ्सिर १५ , चितवन । मङ्सिर १९ देखि बाघको सर्वेक्षण सुरु हुने भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण कार्येक्रम अन्तर्गत ९०० क्यामेरा र १०० गणक परिचालन हुने गरि तैयारी थालेको छ । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिनुभएको छ । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिनुभयो । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वनक्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताउनुभयो ।

बाघ गणनाको समयमा मङ्सिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न नजानसमेत आचार्यले आग्रह गर्नुभएको छ ।

 

बाघ गणनाको लागि बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखिने भएको छ । बाघको गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः यो पटक अन्य जनावरको गणना गरिने आचार्यले बताउनुभयो ।

सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १२१ बाघ भएकामा सन् २०२२ सम्म २५० बाघ पु¥याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिनुभएको छ ।

अघिल्लो गणनामा बाघको सङ्ख्या २३५ पुगेको भए पनि अबको गणनामा बाघको सङ्ख्या २५० पुग्नेमा चुनौती रहेको साहको भनाइ छ ।यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा सङ्ख्या दोब्बर पु¥याउने नेपाल पहिलो देश हुने उहाँको भनाइ रहेको छ।  

Loading...