स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्त्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तालेलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ ।

नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा पोखरेललाई दिइएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीता मिश्रलाई महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनको ठाउँ डा अमिरबाबु श्रेष्ठलाई दिइएको छ ।

हाल समन्वय महाशाखा प्रमुख रिता भण्डारी जोशीलाई जिम्मेवारी विहीन बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ ।

Loading...