नेपाली राष्ट्रिय सम्बत ११४२ को उप्लक्ष्मा सामुहिक ‘ म्ह पुजा ’ तथा भिन्तुना मोटर साइकल र्याली हुने

कार्तिक १६,काठमाडौ। नेपाली राष्ट्रिय सम्बत ११४२ को उप्लक्ष्मा सामुहिक ‘ म्ह पुजा ’ तथा भिन्तुना मोटर साइकल र्याली हुने भएको छ। नयाँ बर्ष नेपाल सम्बतले सम्पूर्ण नेपालीमा शुभकामना आदान प्रदान गर्न एवं भाइचारा बढाउन कार्तिक ९ गते सिन्ह सवा खल:को योजनामा उपत्यका ब्यापी भिन्तुना मोटर साइकल र्याली तथा सामुहिक ‘म्ह’ पुजाको योजना गरिन लागिएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकको सिन्ह स्वा खल:का अध्क्षय निरन श्रेष्ठले सहभागीहुनका लागि नि:शुल्क ब्यबस्था गरिएको जानकारी दिएको छ।
यसै गरि नेवार सभ्यता र परम्परा हरेक बर्ष स-परिवार गरिने म्ह पुजा ( शरीर/आत्म पुजा ) लाइ सामुहिक रुपमा सबैलाई समेट्ने गरि आयोजना गरिन लागिएको छ। चौथो पटक गरिन लागिएको सामुहिक म्ह पुजामा यो बर्ष १०१ जना नि:सुल्क सहभागी गराउने तैयारी आयोजक को छ। बिभिन्न कलाकार प्रतिष्ठित व्यक्तित्व समेतको सहभागीतामा उल्हास पूर्ण ‘म्ह ’पुजा सम्पन्न गरिने आयोजकको भनाइ रहेको छ।

Loading...