सरकारले विद्युतीय यातायातलाई बढावा दिने : मन्त्री भुषाल

 

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा राखी बढावा दिने बताउनु भएको छ । मन्त्री भुषालले महिन्द्रा मोटर्सले आज योजना गरेको ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनु भएको हो ।

नेपालीलाई चाहिने प्रयाप्त जलविद्युतको उत्पादन भइसकेको भनाइ राख्दै ‘ अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरूको प्रयोग बढाउदै जाने हो भने इन्धन आयात खर्च बच्ने र देशमा उत्पादन भइ खेर गरेको उर्जा उपयोग हुने छ। र असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरूले सहयोग गर्ने छ। ’ मन्त्री भुषालले बताउनु भयो ।

Loading...