सरकार र महिला अधिकारकर्मी रुबी खानबीच आज सहमति

काठमाडौँ। महिला अधिकारकर्मी रुबी खान र सरकार बीच आज सहमति भएपछी आज मंगलबार अनसन तोडेको छ ।
नेपालगन्जबाट २० दिन पैदलै हिँडेर काठमाडौं आइ महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा रुबी खान लगाएत १३ जना १३ औ दिन देखि आमरण अनसन बसेका हुन्।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमति गरे पछि अनसन तोडेकी हुन् ।

मानअवधिकार आयोगकी पूर्व सदस्य तथा रुबिले उठाएका मागलाइ समथन र सहयोगको पक्षमा उभिएकी मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले माइतीघर मण्डलामा अनसन स्थल पुगी जुस खुवाएर अनसन तोडाएका हुन् ।
सहमति पत्रमा बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने र समितिले सात दिनभित्र प्रवितेदन बुझाउने भएको छ।
गएको श्रावण ५ गते बाँकेमा नन्कुनी धोवीको संकास्पद मृत्यु भएको थियाे । त्रयसैगरी गत माघमा बाँकेकै निर्मला कुर्मीको अपहरण तथा दुइ छोराहरुको हत्या भएको आसंका अधिकारकर्मीहरुको छ।

Loading...