मुख्यमन्त्री शाक्यव्दारा काष्ठमण्डप निरीक्षण ( फोटोहरु )

 

 

काठमाडौँ। बागमती प्रदेश मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले पुनर्निर्माण भएको काष्ठमण्डपको निरिक्षण गर्नु भयो।
पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तु स्थति , पुनःनिर्माणको परम्परागत शैलीलगाएको बारेमा जिज्ञसा राख्नु भएको हो।

काष्ठमण्डप पुनःनिर्माण समिति संयोजक  तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम खर्चेर चिरकाल सम्म रहिरहने गरि बलियो निर्माण गर्न सफल भएको बारेमा मन्त्री शाक्यलाई जानकारी गराउनु भयो।
मन्त्री शाक्यले समुदाय आवद्द समितिले काठमाडौँलाइ चिनाउने काष्ठमण्डपलाइ कम समएमा लगातार पुनः निर्माणकाममा खतेर सम्पन्न नजिक पुर्याएकोमा संसद शाक्य र समितिका सबै सदस्यलाई ऋदयेदेखी धन्यबाद दिनु भयो।
‘ आज हामी भाग्यमानी भएका छौ , हाम्रो पुर्खाले बनाएको यो इतिहासलाई पुनः ठड्याउन सकेका छौ । इतिहासले यो पुनः निर्माणलाई कहिल्यै बिर्सिने छैन। पुनः निर्माणको दौरानका सबै सम्झनालाइ वृत्त चित्रको रुपमा बनाई , फोटोहरु संकलन गरि प्रदशन तथा यो बिषयमा जानकारहरुका विचार भोगाई आदिलाइ समेटी पुस्तक प्रकाशन गर्नु पर्छ। यसले हाम्रा सन्तति र काष्ठमण्डप बारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च अध्यन गर्न मद्दत पुग्ने छ। ’ मन्त्री शाक्यले आफ्नो विचार राख्नु भयो।
अवलोकनका क्रममा मन्त्री शाक्यले काष्ठमण्डपको तेश्रो ताला सम्मै उक्लेर बिषेस अभिरुचि पुर्बक बस्तुगत निरिक्षन गर्नु भयो।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निका लागि काष्ठमण्डप पुनः निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराइ सकेको छ। संयोजक शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...