पद्यरत्न तुलाधारको ‘ग्वय्दां’ नाटकलाइ प्रेम–मोहन पुरस्कारबात सम्मान

 असोज २६, काठमाडौं । प्रेम–मोहन सिरपाः गुठीले प्रेम–मोहन पुरस्कार यस पटक दिवंगत हुनुभएका पद्यरत्न तुलाधारलाई प्रदान गरेको छ ।
मगंलबार यहाँस्थित एक कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठले ५० हजार राशीसहित पद्यरत्न तुलाधारका जीवनसंगीनी निलशोभा तुलाधारलाई हस्तान्तरण गर्नुभयो ।
उहाँले लेख्नुभएको ‘ग्वय्दां’ नाटक प्रतिष्पर्धामा आएका छवटा नाटक भन्दा सर्वाेत्कृष्ट ठहरिएकाले पुरस्कृत गरेको आयोजक मथुराकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजकका अनुसार समाजसेवी तथा साहित्यकारद्वय् प्रेमबहादुर कसाः र मोहनकृष्ण डंगोलको नाममा स्थापित सो गुठीले प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।

Loading...