मान्छे मरेको ‘पासो’ महँगोमा बिक्री हुने लोभमा परि हत्या गर्ने तीन जना पक्राउ

काठमाडौँ। मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने लोभमा महिलाको हत्या गर्ने तीन जना पक्राउ रहेका छन्।
महानगरीय अपराध महाशाखाले नुवाकोट घर भएकी ४५ वर्षीया टहरामा एक्लै बस्दै आएकी कमलाको हत्या गरेको आरोपमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगरलाइ शुक्रवार मकवानपुर,मनहरी गाउँपालिका-७ बाट पक्राउ गरेका हुन्।
मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरुले योजनाबद्ध रुपमा सुनकोठीमा जिल्ला नुवाकोट बेलकोट गढी न.पा. वडा नं.-९ स्थित एक्लै टहरामा बस्दै आएकी कमलालाइ गएको भाद्र २४ मा मादाप प्रदर्थ सेवन गराएर घटीमा पासो लगाई हत्या गरेको र हत्या गरेको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरे। मान्छे मार्न प्रयोग भएको पासो ऐनामा नदेखिने भ्रम उनीहरुलाई थियो । ‘ऐनामा पासो देखिएपछि सो डोरी उनीहरुले खोलामा बगाएको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।
हत्या पछि गहना र मोबाइल समेत लुटी फरार रहेका तिनै जनालाइ पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको छ ।

Loading...