ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न

ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ। शुक्रबार भएको सो सभाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिह्री बाबु महर्जनले रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस ब्यबसाय ब्यबसायिक क्षेत्रमा अभिन्न स्थान ओगटेको बताए ।
नेपाल रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस महासंघका अध्क्षय लिला बहादुर जिसीले राज्यले क्याटरिंग तथा पार्टी प्यालेस ब्यबसायीलाइ हेर्ने दृस्टीकोणमा परिवर्तन हुनु पर्ने बताउनु भयो। कोराना महामारीक कारण २ भन्दा लामो समयबात बन्द रहेको कारण यसमा आश्रित ७ हजार भन्दा धेरैले चरम मार खेपी रहेको बताए।
यसै गरि सभाका विषेस अतिथि ललितपुर बाणिज्य महासंघका अध्क्षय मनोज न्यांछेंले विभिन्न राजनैतिक दलले भेला ,सभा जिलुस योजना गर्दा हुने तर स्वाथ्य मापदण्ड भित्र रहेर क्याटरिंग तथा पार्टी प्यालेस संचालन गर्न पाउनु पर्छ भन्दा पनि सरकारले नदिनुको मुख्य कारण ब्यबसायी एक जुट नहुनुको कारण बताए।
क्याटरिंग तथा पार्टी प्यालेस ब्यबसाय आबद्द सदस्यहरुले ल़कडाउनले गर्दा भाडा समेत तिर्न नसकेको र ब्यबसायनै बन्द गर्नु पने अवस्था आएको गुनासो गरे।
अधिवेशनले राजु महर्जनको अध्क्षयतामा ९ जना सदस्य नव निर्वाचित भएको छ।

Loading...