मौलिक सम्पदा, परम्परागत दाफा गीत संगीतलाइ राज्यले चिन्नै सकेन , परम्परागत दाफा गीतहरु सार्वजनिक- भिडियो सहित

काठमाडौँ। वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत दाफा गीत संगीतलाइ राज्यबाट अपेक्षा भएको बताउनु भयो।


८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरको रचना र स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गर्दै शताव्दी पुरुष जोशीले कला र कलाकर्मीको उठान सम्रक्षण गर्न बनेको प्रज्ञा प्रतिष्ठानले काठमाडौँ उपत्यका भित्रका नेवार समुदायले प्रत्यक बर्ष धार्मिक रुपमा गाउने गरेको दाफा ( विभिन्न धर्म ग्रन्थ , कथा समेटी लाय वद्द गीत संगीत )का बिभिन्न वाद्यवादक, गुरु र कलाकर्मीलाई चिन्न नसकेको गुनासो गर्नु भएको हो।


शताब्दी पुरुष जोशी, नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा उक्त दाफा गीती एल्बमको विमोचन गर्नुभयो । परम्परागत मौलिक बाजा र संगीतमा मानन्धर द्वारा स्वर वद्द जम्मा ७ वटा गीतहरु सो एल्बममा समावेस रहेको छ। तिब्बती भाष अनुवादकको रुपमा चिनिने गाएक मानन्धरले तिव्वती धर्म ग्रन्थ लगाएत कितावहरुलाई नेपालीमा अनुवाद गरि प्रकाशन समेत गरेका छन्। 
हरिशरण सायमीको संगीतमा रहेको दफा गीत गायक मानन्धरकै युट्युब च्यानलमा अपलोड गरिएको छ। साथै मानन्धरको एउटा गीतलाइ ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । स्वजन रघुवंशी र अराध्या लक्ष्मी खड्गी लगाएत अन्य कलाकारले म्युजिक भिडियोमा भूमिका निर्वाह गरेका छन्। 

काठमाडौँ लगाएतका दाफा गुहरुलाई उक्त कार्येक्रममा सम्मान गरिएको थियो।
काठमाडौँ उपत्यकामा बिभिन्न चाड पर्वमा च्वक , सार्वजनिक सत्ताल पाटीमा महिना भर भिन्न धार्मिक ,पौराणिक कथाहरुमा घटेका घटनालाइ गीत संगीतको लयमा दाफा गाउने परम्परा पुराना बस्तीहरुमा अहिलेपनि गाउने गरिन्छ।

 

Loading...