पुरातात्विक समय् फल्चाको पुनर्निर्माण रोक्ने अन्तरिम आदेश खारेज,पुनः निर्माण सुरु

-पुनः निर्माण भइरहेको समय् फल्चा रातो घेरामा

ललितपुर। पुरातात्विक समय् फल्चाको पुनर्निर्माण रोक्ने दिइएको अन्तरिम आदेश खारेज भएपछी आज बात पुनर्निर्माणले निरन्तरता पाएको छ।
ललितपुरको पुल्चोकमा पुनर्निर्माणको क्रममा रहेको समय फल्चा समय् फल्चा ( पाटी ) को काम रोक्ने अन्तरिम आदेश उच्च अदालत पाटनले आइतवार खारेज गरेको छ।
होम प्रो. फर्निसिङले ललितपुर महानगरविरुद्ध हालेको मुद्दामा न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले आदेश खारेज गरेको हो।

पुलच्वक स्थित अशोक चैत्य संगै रहेको लालिगुराँस सहकारीको भवन रहेको स्थानमा पुरातात्विक एतिहासिक फल्चाको रहेको भन्दै गएको भदौ २२ ललितपुर जिल्ला अदालतको आदेश पछि लितपुर महानगरपालिकाले पुनर्निर्माण थालेको थियो। फल्चाको महानगर प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरेका थिए। तर,यसविरुद्ध परेको रिटमाथि उच्च अदालतको एकल इजलासले पुनर्निर्माण रोक्न अन्तरिम आदेश दिएपछि पुनर्निर्माणको काम रोकिएको थियो।
दुइ सय बर्ष भन्दा पुरानो एतिहासिक धार्मिक महत्व संग जोडिएर रहेको उक्त फल्चा बि स २०३१ सालमा निकै जिर्ण रहेको कारण भत्किएको जानकारहरु बताउछन।
रिटमाथि निवेदक तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शेरबहादुर केसी र रमणकुमार श्रेष्ठ,   सतिशराज मैनाली , सुनीलकुमार पोखरेलले बहस गरेका थिए। महानगरका तर्फबाट अधिवक्ताहरू   रमेशकुमार रोक्का, लोकबन्धु पौडेल, रवीन्द्रनाथ  अर्याल, खगेन्द्रप्रसाद बस्ती र प्रवीण नापितले बहस गरेका थिए।

सहकारीको भवनले युक्त फल्चाको जग्गा मिचेर अतिक्रमण गरि बनाएको आरोप स्थानीय वासी तथा सम्पदा अभियन्ताले लगाउदै आएका छन । जिल्ला अदालतले पनि यस अघि सर्वोच्चको फैसला लगायतलाई आधार मानेर पुनः निर्माण गर्न आदेश गरेको थियो । पुरातत्व अभियन्ताहरूले लामो समयदेखि ऐतिहासिक महत्वको फल्चा पुनर्निर्माण हुनुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए।

 

Loading...