क्यानाडामा मासिक २ लाख २५ हजार कमाई हुने जागिरको बिज्ञापन राखी ठगि गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ। सामाजिक संजालमा क्यानाडामा मासिक २ लाख २५ हजार तलबको फुड प्याकेजिङ लगाएत जागिरको बिज्ञापन राखी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेको छ।
Carrer opportunity Urgent Need in Eden Solution Canada नामको बिज्ञापन पेज खोलेर क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव रु. २,२५,०००।- मा जागिर लगाई दिने भनि रकम ठगीमा संलग्न मोरङको उर्लावारीबात नगेन्द्र बिश्वकर्मा, प्रवेज आलमलाई महानगरीय अपराध महाशाखा टोलिले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरि शुक्रवार पक्राउ गरेको हो ।

————————–

काठमाण्डौ बानेश्वर बस्ने आशिष काफ्लेले ९८५१०२२६३५ नम्वरबाट Facebook, WhatsApp चलाउँदै आएकोमा फेसवुक पेजमा विज्ञापन रहेको देखि सो पेजमा रहेको WhatsApp नम्वर +१३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव रु. २,२५,०००।- मा जागिर लगाई दिने, सो को लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाई प्रोसेसिङको लागि City Express बाट विभिन्न व्यक्तिहरुको नाममा IME तथा City Express मार्फत जम्मा रु. ३,००,०००।- पठाउन लगाई लिई ठगी गरेको र  कारवाही गरी पाउँ भनि पिडितले दिएको निवेदन आधारमा महाशाखाले अनुसन्धान बढाएको थियो।
आशिष काफ्लेलाई ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा महाशाखाले अनुसन्धान गर्दै जाँदा IME तथा City Express मार्फत पठाएको रकम लिने कार्यमा  नगेन्द्र बिश्वकर्मा, परवेज आलम समेतको संलग्नता रहेको आशंकामा  खोजतलासको क्रममा मोरङको उर्लावारीमा रहेको कावेलीको रेमिटमा रकम निकाल्न गएको अवस्थामा निज हरुलाई नियेंत्रन्मा लिएको हो।
निजहरुले फेसवुक पेजमा झुठ्ठा विज्ञापान बनाई WhatsApp नाम्वर राखी प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई भौचरको फोटो समेत WhatsApp पठाउन लगाई रकम पठाएको कोड लिई फरक फरक व्यक्तिहरु मिलेर रकम निकाल्ने गरेको खुल्न आएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेका दुबैमाथी थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

Loading...