येँया जात्रा ( इन्द्रजात्रा )को अन्तिम दिन आज महिलाले ताने रथ

काठमाडौं । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं तथा इन्द्रजात्राको अन्तिम रथ जात्र नानिचा: या कुमारी , गणेश र भैरवको रथलाइ महिलाले तानेका छन्।
पहिलो रथ जात्र कोने याँ ( तल्लो टोल ) ,दोश्रो – थने याँ ( माथिल्लो टोल ) आज तेश्रो नानिचा याँ किलाघ: टोल हुदै पुनः गद्दी बैठक सम्म महिलाले नै रथ तानेका थिए। पुरुषहरुले मात्र तानिदै आएको रथ २०६९ साल बात महिलाले पनि रथ तान्ने प्रचलनको सुरुवात भएको हो ।

कोरोना संक्रमण घटेपछि काठमाडौंवासीहरुले यो बर्षको जात्रालाई उल्लासमयका साथ मनाएका छन । गत बर्ष कोरोना महामारीको जात्रा कारण रोकिएको थियो ।

हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । आज महिलाहरुले रथ तानेका छन ।

आज राती १०ः २६ बजेको साईतमा इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।

Loading...