राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय – सरकारका प्रवक्ता कार्की

काठमाडौँ। सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनु भयो । सरकारले गरेको निर्णय अनुशार भारत, चीन, इजरायल,कतार , बेलायत,अमेरिका, जापानल, गायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका छन् ।
परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेकका फिर्ता बोलाइएका राजदूतहरुमा हाल अमेरिकामा युवराज खतिवडा , भारतमा नीलाम्बर आचार्य ,चीनमा महेन्द्रबहादुर पाण्डेय ,बेलायेत्मा लोकदर्शन रेग्मी , जापानमा प्रतिभा राणा ,दक्षिण अफ्रिकामा डा. निर्मलकुमार विश्वकर्मा , ओमानमा शर्मिला ढकाल पराजुली , कतारमा नारदमुनि भारद्धाज , इजरायलमा अञ्जान शाक्य , स्पेनमा दावाफूटी शेर्पा ,बंगला देशमा डा. वंशीधर मिश्र र मलेसियामा उदयराज पाण्डे राजदूत छन् ।