सनिल आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप छनोट प्रतियोगितामा पहिलो ( भिडियो सहित )

काठमाडौं। ललितपुर बक्सिङ्ग टिमका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्। नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले ६७ किलो तौल समुहमा आज भएको प्रतियोगितामा बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरि पहिलो जित हासिल गरेका हुन् ।

यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा भएको प्रतियोगिताको ५१ किलोमा एचटुओ टिमका रवीन थापा, ५७ किलोमा एपिएफका पुरन राई, ६३ किलोमा १३औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ किलोमा एपिएफका विकास लामा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । विश्व च्याम्पियनसीप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने छ ।

भिडियो हेर्नुस –
रातोमा सनिल निलोमा दावा छिरिङ्ग  

 

 यस अगाडी को समाचार –

विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम

सर्वियाको राजधानी बेलग्रेडमा हुने AIBA पुरुष वर्ल्ड बक्सिंग च्याम्पेन्सिभमा नेपाली मुक्केबाज सहभागी हुने ,छनौट प्रतियोगिता आश्विन १ गतेबाट

 

 

Loading...