सर्वियाको राजधानी बेलग्रेडमा हुने AIBA पुरुष वर्ल्ड बक्सिंग च्याम्पेन्सिभमा नेपाली मुक्केबाज सहभागी हुने ,छनौट प्रतियोगिता आश्विन १ गतेबाट

काठमाडौँ । सर्वियाको राजधानी बेलग्रेडमा यहि अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म सञ्चालन हुने AIBA पुरुष बक्सिङ्ग प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ।

 

नेपाल बक्सिङ्ग संघले शुक्रबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडी छनौट प्रतियोगिताको लागि नेपाल बक्सिङ्ग संघका सदस्य मान बहादुर भण्डारीको सम्योजकत्वमा ५ सदस्यीय छनौट समिति गठन भएको जनाएको छ ।
जसमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको प्रतिनिधि – १ जना, राष्ट्रिय टिम तयारी समिति प्रतिनिधि – १ जना, बक्सिङ्ग प्रमुख प्रशिक्षक – १ जना र ने.व.स.टेक्नीकल सम्योजक – १ जना, सदस्यको रुपमा रहनेछन ।
आश्विन १ गतेबाट हुने छनौट प्रतियोगितामा सहभागी हुनेका लागि प्रशिक्षक एवम् प्रशिक्षकहरुको प्रतिवेदन अनुसार ४८–५१ , ५४–५७,६०–६३.५ , ६३.५–६७ ,६७–७१ के जी समूह रहने भएको छ। बिजेता खेलाडीले
प्रथम स्वर्ण पदक – १,००,०००।–स्वीस फ्रेंक
दोश्रो रजत पदक -५०,०००।–स्वीस फ्रेंक
तृतीय काँस्य – २५,०००।–स्वीस फ्रेंक
चौथो काँस्य – २५,०००।–स्वीस फ्रेंक हासिल गर्ने भएको छ।

संघका प्रवक्ता श्याम काजी अवाले खेलाडी छनौट प्रतियोगिताका लागि सबै तैयारी पुराभएको र छनौटमा पर्न सफल भएका खेलाडीहरुलाई उत्कृष्ट ढंगबाट प्रशिक्षण दिने ब्यबस्था मिलाइने जानकारी  दिए  ।

 

Loading...