राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौँ महानगरपालिका बात बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ ।  राष्ट्रिय बाल दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । काठमाडौँ महानगर पालिकाकि उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विदेशी दाताहरुको सहयोग बिना महानगरभित्र सञ्चालनमा रहेका बाल गृहमा पुगेर बालबालिकालाइ शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यसरी सामाग्री दिइएका बाल गृहहरुमा वडा १२ टेकुको जन उद्धार सेवा समिति, वडा १९ रामघाटको एपीसी नेपाल, वडा १४ को बाल संरक्षण अभियान, वडा २६ को मातृभूमि महिला समाजसहित गरि ७ वटा रहेका छन् । यसै गरि महानगरको ३ वडा महाराजगञ्ज स्थित बहिराका लागि सहयोगी हातहरुनामक सस्था , वडा ५ मा रहेको समुदाय वातावरण तथा बाल विकास संघ, वडा ३१ मा रहेको उज्यालो नेपालमा आश्रित बालबालिकालाई समेत सामाग्री दिइएको थियो ।

सामाग्री हस्तान्तरण कार्येक्रममा उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले, बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै जीवन चलाउन व्यवहारिक शिक्षा पनि सँगै दिनुपर्ने बताउनुभयो । औपचारिक शिक्षाले रोजगारीका लागि र व्यवहारिक शिक्षाले जीवन व्यवस्थापन गर्ने सीप दिन्छ । उहाँले यसका लागि महानगरले आफ्नो दायित्व पूरा गर्ने बताउनुभयो । विदेशी दाताको सहयोग नलिई स्वदेशी तथा आफ्नै प्रयासमा बाल संरक्षणमा काम गर्ने संघसंस्थाहरुको पहिचान भएको छ । हामी सहयोग गर्छौँ । उपप्रमुखको भनाइ थियो ।

कार्यक्रममो शुरुवात वडा १२ को जन उद्धार सेवा समितिबाट भएको थियो । त्यस अवसरमा वडा १२ का अध्यक्ष विकास डंगोलले बाल बचाउ र बाल संरक्षणका लागि वडा तहबाट पनि प्रयास भएको उल्लेख गर्दै आफूले समन्वयकारी भूमिका खेलेर सामाजिक कामलाई प्रोत्साहन गरेको बताउनु भयो ।

महानगर आफ्नै ठाउँमा आएपछि अभिभावक आएको महसुस भएको छ । यसले हामीलाई सामाजिक काम गर्न प्रोत्साहन मिलेको छ । त्यस क्रममा बाल गृह सञ्चालकहरुले धारणा राख्नुभएको थियो ।

हरेक बर्षको भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउने गरिएको छ । सन् १९८९ मा जारी भएको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ तारिख अनुमोदन गरेको थियो । यसमा मुलत बाल विकास, बाल संरक्षण, बाल सहभागिता र बाल बचाउका विषय छन् । यस दिनलाई नेपालले राष्ट्रिय बाल अधिकार दिवसका रुपमा मनाउन थालेको ३१ बर्ष भएको छ ।

Loading...