देवराज इन्द्रलाइ छाड्न बाँढीएको किल्ला उखेल्दा बनेको ‘ येँकिँ दह ’ इन्द्रदहको धार्मिक महत्व यस्तो छ

 

काठमाडौँ। नेपाल भाषामा ‘ येँ ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘ किँ ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘ येँकिँ दह ’ इन्द्रदहमा भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा इन्द्रकी आमाले नेपालमा स्वच्छ हावा , प्रयाप्त वर्षा , एवं खेतीपाती योज्य कुहिरोको प्रवन्ध गरिदिने बाचा गरेपछि फुल चोरेको आरोपमा बाँढीएका देवराज इन्द्रलाई छाड्न गाडिएको किल्ला उखेल्दा खाल्डो भएर बनेको दहा बनेको आख्यान छ। काठमाडौँ बात ७ कि मि को दुरीमा अवस्थी यो स्थान समुद्र सतहबाट १८८१ मिटर उचाइमा अवस्थात यो डाँडालाइ ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ । छ। चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक जनविश्वास छ।

पुरानो नैकाप , खड्गा गाउ भएर स्वीजरल्याण्ड पार्क भएर पुग्न सकिने यो धार्मिक स्थान सम्म पुग्न सडक सुविधा निकै राम्रो रहेको छ। धार्मि पर्येतकको गन्तव्यको रुपमा ब्यबस्थित हुदै गएको एस डाँडा बात काठमाडौँ उपत्यका लगाएत धादिंग , नुवाकोटका दृश्य अवलोकन गर्न सकिन्छ। खाना र बस्न रेस्टुराँ तथा होटल रोसोर्टहरु प्रयाप्त मात्रमा बनिसकेको कारण बिदाका दिनहरुमा घुम्न आउनेहरुको संख्या बढेका छन्। 

 

 

Loading...